परेवाडाँडामा जुधे २० वटा गोरु, विजेतालाई १५ हजार

नेपालभ्युज

परेवाडाँडामा जुधे २० वटा गोरु, विजेतालाई १५ हजार

सुन्दरबजार । लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ ।

पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका–२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो । परेवाडाँडाको खड्कागाउँमा रहेको आहाले खेल मैदानमा गरिएको सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका–७ तार्कुटारका कुमराज परियारको गोरु प्रथम भएको छ ।

यस्तै सुन्दरबजार–२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दोस्रो तथा भानु नगरपालिका–१० दुधेकुनाका विष्णु रावलको गोरु तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम हुने गोरुधनीलाई १५ हजार, दोस्रो हुने गोरुधनीलाई १० हजार र तृतीय हुने गोरुधनीलाई पाँच हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजक देवभूमि युवा क्लबका अध्यक्ष महेश परियारले जानकारी दिए ।

लमजुङको परेवाडाँडामा विगत केही वर्षदेखि निरन्तररुपमा पुस १५ को अवसरमा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिँदै आएको छ । सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगितामा लमजुङ र तनहुँका गरी २० गोरुलाई सहभागी गराइएको थियो । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved