करण चौधरीको प्रतिबद्धता– अटोमोबाइलको भविष्यलाई अझ प्रगतिशील बनाउन लागिपर्छु

नेपालभ्युज

करण चौधरीको प्रतिबद्धता– अटोमोबाइलको भविष्यलाई अझ प्रगतिशील बनाउन लागिपर्छु

काठमाडौं । अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को ४८औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको भन्दै करण चौधरीले खुसी व्यक्त गरेका छन् ।

नाडाका अध्यक्ष चौधरीले वार्षिक साधारणसभा सफलतापूर्व सम्पन्न भएकोमा आइतबार सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएका हुन् ।

नाडालाई संस्थापन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको पनि उनको भनाइ छ ।

‘नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४८औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा म सबैलाई हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु,’ उनले फेसबूकमा लेखेका छन्, ‘यस सभामा विगत वर्षका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्य विधिहरूलाई प्रस्तुत गरिएको थियो । साथै, नाडालाई संस्थापन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा म गौरवान्वित भएको छु ।’

अध्यक्ष चौधरीले सबैले देखाएको बाटोलाई आत्मसाथ गर्दै अटोमोबाइलको भविष्यलाई अझ प्रगतिशील बनाउन आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

‘उहाँहरूको दिशालाई आत्मसाथ गर्दै अटोमोबाइलको भविष्यलाई अझ प्रगतिशील बनाउनका लागि म र कार्य समितिका साथीहरू सधैँ प्रतिबद्ध छौं,’ उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved