नाडा अटो शोमा एमएडब्ल्यूको नाम्मी चर्चामा, कति पर्छ मूल्य ? (भिडिओसहित)

नेपालभ्युज

काठमाडौं । नाडा अटो शो २०२४मा मोरङ अटो वर्क्स (एमएडब्ल्यू)को नाम्मीले चर्चा बटुलेको छ । मंगलबारबाट सुरु भएको अटो मोबाइल्सको कुम्भ मेलामा एमएडब्ल्यूको न्यू भर्सनप्रति अवलोकनकर्ताले चासो देखाएका हुन् ।

यस वर्षको शोमा कम्पनीले दुई भेरियन्टका सवारी साधनहरू प्रदर्शनमा राखेको छ । जसमा नाम्मी र सिरिज ब्राण्डका सवारी साधनहरू रहेको छ ।

नाम्मीको विशेषता र मूल्य 

नाम्मी गाडी एमएडब्ल्यू कम्पनीले भर्खरै मात्र सार्वजनिक गरेको नयाँ मोडल हो । तीन वटा भेरियन्टमा उपलब्ध रहेको उक्त सवारी साधनको मूल्य सुरुको २९ लाख ९९ हजार रुपैयाँ, मिडियमको मूल्य ३१ लाख ९९ हजार र टपको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

२० प्रतिशत डाउन पेमेन्ट गरेर ग्राहकले सवारी साधन खरिद गर्न सक्नेछन् भने त्यसको ब्याज ८ दशमलव ४९ प्रतिशत रहेको छ । त्यस्तै, ७ वर्षको इएमआईको अवधि रहेको छ ।

हेर्दा नाम्मीको लुक्स पनि आकर्षक देखिन्छ । फ्रेम लेस डोर, अटोमेटिक पार्किङ लगायतका विशेषताहरू रहेको बताइएको छ । नाडा अटो शोमा आएर बुकिङ गर्नेहरूको लागि ७ किलोवाटको एक्ट्रा चार्जर दिइने मोरङ अटो वर्क्सका सेल्स म्यानेजर साहिल तामाङ बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved