शोमा देखियो नेटाको नयाँ मोडल, यस्तो छ विशेषता (भिडिओसहित)

नेपालभ्युज

काठमाडौं । नाडा अटो शो २०२४ को प्रदर्शनी स्थलमा नेटा कम्पनीको नयाँ मोडल ‘नेटा एक्स’ देखिएको छ । उक्त मोडल आधिकारिक रूपमा केही महिना अघि मात्रै सार्वजनिक गरिएको भए पनि नाडामा पहिलो पटक ल्याइएको हो ।

नेटा एक्स ४ सय कम्फर्ट, ५ सय कम्फर्ट र ५ सय लक्जरियस गरी तीन वटा भेरियन्टमा उपलब्ध छ । अन्य सवारी साधनभन्दा ठुलो आकार, ४ सयदेखि पाँच सय किलोमिटरसम्मको रेन्ज, १०० किलोवाटको मोटो साइज, ५२ र ६२ किलोवाटको ब्याट्री, सबै भेरियन्टमा ३६० क्यामरा, १५.६ इन्चको टच स्क्रिन छ जसबाट गाडीको फङसन, अपरेसन सबै कन्ट्रोल गर्न सकिने यसको विशेषता छ ।

एक्सचेन्जको सुविधा भएको र फाइनान्सको लागि विभिन्न बैंकहरुसंग सम्झौता भएको छ । जस्तै, नबिल बैंकले नेटाको सवारी खरिदमा ८० प्रतिशत फाइनान्स गरिदिन्छ ।

त्यस्तै, एनएमबी र ग्लोबल आइएमई लगायतका बैंकहरुले पनि सुलभ दरमा सवारी कर्जा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । नेटामा ५४ लाखदेखि ६३ लाखसम्मका सवारी साधनहरू छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved