कुञ्ज नाटकघरमा ‘कोही किन बर्बाद होस्’को मञ्चन सुरु (तस्वीरहरू)

नाटकले बाल मनोविज्ञानजस्तो संवेदनशील विषयलाई उजागर गर्दै व्यक्ति, समाज र देशको सभ्यता तथा समृद्धिमा यसको भूमिका कस्तो रहन्छ भन्ने विषयमा गहन सन्देश दिन्छ

कुञ्ज नाटकघरमा ‘कोही किन बर्बाद होस्’को मञ्चन सुरु (तस्वीरहरू)

काठमाडौं । नाटककार विजय मल्लद्वारा लिखित नाटक ‘कोही किन बर्बाद होस्’लाई सद्भाव थिएटरले रङ्गकर्मी राम के.एसी. को निर्देशनमा पुस ८ गते सोमबारदेखि शिल्पशाला कुञ्ज नाटकघर, थापागाउँमा मञ्चन सुरु गरेको छ ।

नाटकले बाल मनोविज्ञानजस्तो संवेदनशील विषयलाई उजागर गर्दै व्यक्ति, समाज र देशको सभ्यता तथा समृद्धिमा यसको भूमिका कस्तो रहन्छ भन्ने विषयमा गहन सन्देश दिन्छ । हामी सामाजिक प्राणी हौं र हाम्रो भावनात्मक अवस्था समाजमा फैलिन्छ ।

सकारात्मक सोच र व्यवहारले समाजलाई समृद्धि दिलाउँछ भने नकारात्मकले समस्या ल्याउँछ । त्यसैले बाल मनोविज्ञानलाई सही ढङ्गले बुझेर यसको प्रभावलाई सकारात्मक दिशामा मोड्नु नै नाटकको भाव हो ।

यसअघि सद्भाव थिएटरले पुस ३ देखि ६ गतेसम्म राम के.एसी.को लेखन र निर्देशनमा नाटक “यशस्वी भव:” मञ्चन गरेको थियो ।

नाटक ‘कोही किन बर्बाद होस्’ मा यमलाल गोले, सलिम श्रेष्ठ, सेसेमी इजम, समर श्रेष्ठ, आशिष सापकोटा, आइरिस श्रेष्ठ, सामना थापा, अनिशा लामा, आशा श्रेष्ठ, अरुणा श्रेष्ठ, आशिका भण्डारी, मनिषा तामाङ, सिम्रीका गुरुङ, ऋतु अधिकारी र मेलिना गौतमले अभिनय गरेका छन् ।

नाटक पुस ११ गतेसम्म हरेक दिन ११:०० र १:३० बजे मञ्चन हुनेछ ।

तस्वीरहरु:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved