एनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार : मधेसी आयोगले गर्यो कारबाहीको सिफारिस

नेपालभ्युज

एनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार : मधेसी आयोगले गर्यो कारबाहीको सिफारिस

काठमाडौं । मधेसी आयोगले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा नश्लीय र साम्प्रदायिक व्यवहार प्रदर्शन गर्ने उद्दण्ड र अराजक समूहलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले एनपीएलको क्वालिफायर–२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा जनकपुर बोल्ट्समाथि लक्षित गरी देखाइएको नश्लीय र साम्प्रदायिक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा, “विभिन्न सञ्चार माध्यमबाट प्रष्ट देखिएका यस्ता घटनाका दोषीहरूमाथि सुरक्षा निकायले कुनै कारबाही नगर्नु अत्यन्तै अशोभनीय र गैरजिम्मेवार व्यवहार हो,“ भनिएको छ ।

संविधान र कानूनले सामाजिक समानताका लागि विभेद र गलत परम्पराका विरुद्ध प्रावधान गरेका भए पनि व्यवहारिक रूपमा अझै पनि विभेदकारी सोच र व्यवहार जारी रहेकोमा आयोगले गहिरो चिन्ता व्यक्त गरेको छ ।

मधेसी आयोगले यस्तो घटनाले संविधान, कानुन र सामाजिक सद्भावलाई चुनौती दिएको उल्लेख गर्दै सरकार र सुरक्षा निकायलाई तत्काल छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved