काठमाडौं । प्रेसर कुकरको प्रयोग लगभग हरेक घरमा खाना पकाउनको लागि हुन्छ किनभने यसले खाना छिटो पकाउँछ र ग्यास बचाउँछ ।
यद्यपि, यसको प्रयोगमा सावधानी धेरै जरुरी छ, किनभने एउटा सानो गल्ती गम्भीर दुर्घटनाको कारण बन्न सक्छ ।
तपाईंले पनि खाना पकाउँदा कुकर पड्किएर दुर्घटना भएको धेरै खबर सुन्नुभएको होला, त्यसैले कुकर प्रयोग गर्दा धेरै कुराहरूको ध्यान राख्नुपर्छ ।
यसमा खाना पकाउँदा यसलाई पूरै भर्नु हुँदैन र पानीको मात्रा सही राख्नुपर्छ । आउनुहोस् जानौँ , कुकरमा खाना पकाउँदा केके कुराहरूको पालना गर्नुपर्छ ।
चामल, पास्ता वा दाल जस्ता चीजहरू कुकरमा आधाभन्दा बढी नहाल्नुहोस्, किनभने कुकर धेरै भरिदा दबाब बढ्न सक्छ ।
कुकरलाई मध्यम आगोमा राख्नुहोस् र तेज आगोबाट बच्नुहोस् । कुकरको रबर रिङ बिग्रिएको छ भने तुरुन्तै बदल्नुहोस्, किनभने बिग्रेको रबरले राम्रोसँग प्रेसर बनाउन सक्दैन ।
कुकर सफा गर्दा यसको सिट्ठी र अन्य भागहरूलाई ब्रसले राम्रोसँग सफा गर्नुहोस् । कुकरको सिट्ठीमा खाना अड्किएको छ भने त्यसलाई पानीमा भिजाएर सफा गर्नु जरुरी छ ।
कुकरको बिर्को बन्द गर्नु अघि सबै भागहरू सही तरिकाले फिट छन् कि छैनन् भनेर जाँच गर्नुहोस् । गलत तरिकाले बन्द गरिएको बिर्को प्रेसर लिकेजको कारण बन्न सक्छ ।
यसका साथै कुकरमा धेरै तेल वा मसला हाल्नाले यसले ब्लकेज सिर्जना गर्न सक्छ । त्यस्तै, कुकरमा पानीको मात्रा न त धेरै कम हुनुपर्छ न त धेरै बढी । पानी कम हुँदा बाफ धेरै बन्छ, जसले कुकर पड्कने खतरा बढ्न सक्छ ।
यदि कुकर पड्कने स्थिति बन्यो भने, सबैभन्दा पहिले ग्यास बन्द गर्नुहोस् र तुरुन्तै कुकरबाट टाढा जानुहोस् ।
नआत्तिनुहोस् र यसलाई छुने प्रयास नगर्नुहोस् । कुकर प्रयोग गर्दा निर्देशनहरूको पालना गर्नु र नियमित जाँच गर्नु अत्यन्त जरुरी छ । यसले कुकरको आयु बढाउने मात्र होइन तपाईं र तपाईंको परिवारको सुरक्षा पनि गर्छ ।
Facebook Comment
Comment