काठमाडौं । धेरै व्यक्तिहरू जाडोमा दैनिक नुहाउन चाहँदैनन् । नुहाएपनि पानी तताएर मात्र नुहाउने गर्छन् । तर, चिसो पानीले नुहाउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । त्यसैले तपाईंले हप्तामा एक–दुई पटक मात्र होस्, चिसो वा सामान्य पानीमा नुहाउनुपर्छ ।
हालैको एक अध्ययनले चिसो पानीले नुहाउँदा धेरै फाइदा हुन्छ भन्ने कुरा उजागर गरेको छ । आउनुहोस् हामी जानौँ कि कुन अध्ययनले यस्तो भनेको छ ।
नेशनल लाइब्रेरी अफ मेडिसिनले सन् २०२२ मा एउटा प्रतिवेदन प्रकाशित गरेको थियो, जसमा चिसो पानीमा नुहाउँदा धेरै स्वास्थ्य लाभ हुन्छ भनिएको छ । यो समीक्षा मानिसहरूमा चिसो पानीमा नुहाएपछि स्वास्थ्यमा पर्ने प्रभावमा आधारित छ ।
विशेषज्ञअनुसार जब तपाईं जाडो मौसममा चिसो पानीमा नुहाउनुहुन्छ, त्यसले शरीरमा रगतको प्रवाह छिटो बनाउँछ । शरीरमा पर्याप्त मात्रामा अक्सिजन र रगतको पहुँच सुनिश्चित हुन्छ । चिसो पानीले नुहाउँदा रक्त कोशिकाहरू संकुचित हुन्छ । त्यसपछि तिनीहरू फैलिन्छ, जसले गर्दा शरीरका सबै अंगहरूसम्म रगत सजिलै पुग्छ ।
चिसो पानीमा नुहाउँदा प्रतिरक्षा प्रणाली पनि बढ्छ । शरीरको रोग प्रतिरोधक क्षमता बलियो हुँदा तपाईंको शरीरले धेरै किसिमका रोगहरूसँग सजिलै लड्न सक्छ । जब छालामा चिसो पानी पर्छ, छालाका खुला रोम छिद्रहरू बन्द हुन्छ । यसले छालालाई टाइट र चमकदार बनाउँछ । तपाईंले देख्नुभएको होला कि धेरै सेलिब्रेटीहरू आइस वाटरबाट आफ्नो अनुहार सफा गर्छ । अनुहारमा बरफ रगड्छ ।
तातो पानीको तुलनामा चिसो पानीले कपाल धुने पनि फाइदाजनक साबित हुन्छ । यसले कपाल मुलायम र चमकदार बनाउँछ । अत्यधिक तातो पानीले कपाल धुँदा रुखो र नराम्रो देखिन्छ ।
तनावपूर्ण जीवनबाट मुक्ति पाउन चाहनुहुन्छ भने चिसो पानीमा एक पटक नुहाउनुहोस्, किनभने यसले शरीरमा एन्डोर्फिन हर्मोनको स्तर बढाउँछ । यसले तपाईंको मूड पनि राम्रो बनाइराख्छ ।
जो मानिसहरूलाई हृदयसम्बन्धी कुनै रोग, उच्च रक्तचाप वा मधुमेह छ, तिनीहरूले चिसो पानी वा बरफको पानीमा नुहाउनुअघि डाक्टरको सल्लाह अवश्य लिनुपर्छ, अन्यथा तपाईंको स्वास्थ्य खराब हुनसक्छ ।
Facebook Comment
Comment