एजेन्सी । मोटिभेशनल लेखक नार्मन विन्सेन्ट पील (Norman Vincent Peale)ले लेखेका छन्, “ Believe in yourself! Have faith in your abilities! ” जीवनमा अगाडि बढ्नको लागि आफू प्रति सकारात्मक हुनु अति आवश्यक छ ।
हुनसक्छ कि तपाईंको वरिपरिको वातावरण तपाईंप्रति नकारात्मक होस् वा मानिसले तपाईंमा मात्र कमी निकालिरहेकाहरू हुन् । जसका कारण तपाईंले आफूमा विश्वास गर्न छोड्नुभएको हुनसक्छ । तर, यदि तपाईं हरेक दिन केही सकारात्मक आत्मवार्ता गर्नुहुन्छ भने, यसले तपाईंको आत्मविश्वास बढाउनुका साथै जीवनका हरेक अवरोधसँग लड्नको लागि तपाईंलाई हौसला पनि दिन्छ ।
यदि तपाईं पनि बाधाहरूको बीचमा पनि सफलता प्राप्त गर्न चाहनुहुन्छ भने हरेक दिन यी कुराहरू आफैँसँग भन्नेको बानी बसाल्नुहोस् । यसले तपाईंलाई आत्मनिर्भर बनाउन मात्र होइन, प्रत्येक कठिनाइ पार गर्ने हौसला पनि दिनेछ ।
डरलाई डटेर सामना गर्नुस्
डरलाई उपेक्षा गर्नको सट्टा त्यसलाई स्वीकार गर्नुहोस् र त्यससँग लड्ने तयारी सुरु गर्नुहोस् । आफैँसँग बारम्बार भन्नुहोस्, “म डरबाट भाग्ने छैन, बरु त्यसको डटेर सामना गर्नेछु ।” यस सोचले तपाईंको भित्री साहसलाई प्रोत्साहन दिनेछ र नयाँ चुनौतीहरूलाई सामना गर्न तयार बनाउनेछ ।
आफ्नो क्षमतालाई हरेक मिनेट सुधार गर्नुस्
सफलता प्राप्त गर्नको सबैभन्दा राम्रो तरिका भनेको निरन्तर आफूलाई सुधार गर्दै जानु हो । तपाईं आफैँसँग भन्नुहोस्, “हरेक दिन म मेरो उत्तम स्वरूप बन्नेछु ।” यसले तपाईंको आत्मविश्वासलाई बढाउनेछ र तपाईंको प्रगति तीव्र बनाउनेछ ।
मेरो सोच मात्र मेरो वास्तविक शक्ति
नकारात्मक सोचलाई टाढा राख्नुहोस् र सम्झनुहोस् कि तपाईंको सोच नै तपाईंको भविष्य निर्धारण गर्छ । आफैँसँग भन्नुहोस्, “जस्तो म सोच्नेछु, त्यस्तै म बन्नेछु, त्यसैले म सधैँ सकारात्मक र साहसी रहनु पर्छ ।”
असफलता नै अनुभव
असफलताबाट डर नमान्नुहोस् । त्यसलाई एक सिकाइको रूपमा लिनुहोस् । आफैँसँग सधैँ भन्नुहोस्, “हरेक असफलता मलाई अझ बलियो बनाउनेछ ।” यसरी तपाईं डरको सामना गरेर आत्मविश्वासका साथ अघि बढ्न सक्नुहुनेछ ।
हरेक अवस्था सम्हाल्ने
आफूलाई यो विश्वास दिलाउनुहोस् कि तपाईं हरेक परिस्थिति सामना गर्न सक्षम हुनुहुन्छ, यसले तपाईंको आत्मविश्वासलाई दुई गुणा गर्न सक्छ । आफैँलाई भन्नुहोस्, “कुनै पनि चुनौती मेरो साहस र धैर्यभन्दा ठूलो छैन ।” यो सोचले तपाईंलाई बलियो बनाउनेछ ।
हरेक नयाँ दिन एउटा अवसर
हरेक दिनलाई नयाँ सुरुआतको रूपमा लिनुहोस् र आफैँसँग भन्नुहोस्, “जो बित्यो , त्यो बिर्सेर म आजको दिनलाई राम्रो बनाउनको लागि पूर्ण प्रयास गर्नेछु ।” यसले तपाईंलाई तपाईंको लक्ष्यमा केन्द्रित राख्नेछ र जीवनमा सकारात्मक दृष्टिकोणसँग अघि बढ्न सहयोग गर्नेछ ।
यदि तपाईं यी कुराहरूलाई हरेक दिन ऐना हेरेर आफैँसँग भन्नुभयो भने सबै समस्याहरूको बिचमा पनि तपाईं आफ्नो आत्मविश्वासलाई बढाउन सक्नुहुनेछ र प्रत्येक सफलता हासिल गर्न सक्नुहुनेछ ।
Facebook Comment
Comment