नमो: बुद्ध – राजकुमारले आफ्नो मासु बघिनी र डमरूलाई खुवाएको ठाउँ (तस्वीरहरू)

नमो: बुद्ध – राजकुमारले आफ्नो मासु बघिनी र डमरूलाई खुवाएको ठाउँ (तस्वीरहरू)

काभ्रेपलाञ्चोक । जिल्लाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र हो, नमो: बुद्ध ।

समुद्री सतहबाट करिब १,७५० मिटर उचाइमा अवस्थित यो क्षेत्रलाई सुन्दर हिमाल र शान्त वातावरण अनि प्राकृतिक सौन्दर्यले पर्यटक र तीर्थयात्री दुबैलाई आकर्षित गर्छ ।

धार्मिक किंवदन्तीअनुसार द्वापरयुगमा तत्कालीन  पाञ्चाल र हालको पनौती राज्यका राजकुमार  महासत्व एकदिन जङ्गलमा घुम्न गएका बेला निकै भोकाएकी अशक्त बघिनीसँग भेट भयो ।

बघिनीको अवस्था देखेर राजकुमार महासत्वलाई दया जागेर बाँसको बोक्राले आफ्नो शरीर आफैँले टुक्रा-टुक्रा गरि बघिनी र डमरुहरुलाई रगत र मासु खुवाए ।

त्यहीसमय भगवान बुद्ध प्रकट भइ उनलाई बुद्ध बन्ने आशिर्वाद दिए र राजकुमार महात्सव शाक्यमुनी बुद्धको नाममा प्रसिद्ध भए ।

यही धार्मिक कथनलाई आत्मसात् गर्दै अहिले नमो: बुद्ध, बौद्ध तथा हिन्दू धर्मावलम्बीको धार्मिक आस्थाको धरोहर बनेको छ ।

नमो: बुद्धबाट मौसम खुलेको बेला, अन्नपूर्ण हिम शृङ्खला, लाङटाङ, जुगल, गौरीशंकर लगायतका हिमाल देख्न सकिन्छ ।

तस्वीरहरु-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved