काठमाडौं गुर्खाजलाई समर्थन गर्न पूर्वमिस नेपाल श्रृंखला मैदानमा

नेपालभ्युज

काठमाडौं गुर्खाजलाई समर्थन गर्न पूर्वमिस नेपाल श्रृंखला मैदानमा

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजलाई समर्थन गर्न मैदानमा गएकी छिन् ।

बुधबार बिहान ९ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी कर्णाली याक्सविरुद्धको खेलमा उनी समर्थनका लागि पुगेकी हुन् ।

काठमाडौं गुर्खाज टिममा श्रृंखलाको परिवारको लगानी छ ।

जारी खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

कर्णालीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १४९ रन बनाएको हो ।

कर्णालीका लागि ओपनर शिखर धवनले अर्धशतकीय पारी खेल्दै अविजित ७२ रन बनाए । उनले ५१ बलमा ४ चौका र ५ छक्क प्रहार गरे ।

अहिले काठमाडौंले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved