नवलपरासीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

नेपालभ्युज

त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैंडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए ।

खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैंडाले आक्रमण गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved