मण्डलामा नाटक ‘रैती’को मञ्चन सुरु (तस्वीरहरू)

यो नाटकले लोककथाको शैलीमा छोरी जन्माउन नसक्ने श्रापले सताएको गाउँ र छोरा जन्माउन नसकेको कारणले घर छोड्न बाध्य भएकी एउटी आमाको पीडा सँगालेको छ

मण्डलामा नाटक ‘रैती’को मञ्चन सुरु (तस्वीरहरू)

काठमाडौं । निश्चल बस्नेतको निर्माण अनि मण्डला थिएटरको प्रस्तुति रहेको नाटक ‘रैती’ को थापागाँउ स्थित मण्डला थिएटरमा कार्तिक ३० गतेदेखि मञ्चन सुरु भएको छ।

नाटक ‘रैती’ मा नेपाली समाजमा रहेको एउटा वास्तविक समस्यालाई उजागर गरिएको छ। यो नाटकले लोककथाको शैलीमा छोरी जन्माउन नसक्ने श्रापले सताएको गाउँ र छोरा जन्माउन नसकेको कारणले घर छोड्न बाध्य भएकी एउटी आमाको पीडा सँगालेको छ।

‘रैती’ एउटा सामाजिक र पारिवारिक नाटक हो जसले परिवार वा समाजभित्र महिलाहरूको दैनिक जीवनमा भोग्नुपर्ने  पीडा र समाजमा उनीहरूको महत्त्वलाई देखाउँछ।

सशांक बस्नेतको निर्देशन र दिवेश खत्रीको लेखनमा तयार भएको नाटकमा अमर बाबु बुढाथोकी, केशव रोकाया, सशांक बस्नेत, मनीष राज पाण्डे, विशाल भण्डारी, अजय कार्की, युगल श्रेष्ठ, पवन कुमार गोले, दिवेश खत्री, सचिन दाहाल, सुजना पाण्डे, सिमोन प्रेम गिरी, रेश्ना भण्डारी, मिशेल घिमिरे र सौगात भुसालले अभिनय गरेका छन्।

मण्डलाको ल्याब १४ का विद्यार्थीहरूले तयार पारेको यो नाटक,  मङ्सिर ९ गते सम्म सोमबार बाहेक हरेक दिन ४ बजे र शनिवार अतिरिक्त शो १२ बजे मञ्चन हुँदै छ।

तस्वीरहरु:- 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved