स्वदेश फर्किएको यू-१९ नेपाली महिला क्रिकेट टोलीलाई विमानस्थलमा स्वागत (तस्वीरहरू)

स्वदेश फर्किएको यू-१९ नेपाली महिला क्रिकेट टोलीलाई विमानस्थलमा स्वागत (तस्वीरहरू)

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किएको छ ।

सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेर फर्किएको टोलीलाई  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका हुन् ।

विमानास्थलमा खेलप्रेमीहरुको पनि उल्लेख्य सहभागिता थियो ।

युएईमा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

टोली आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी हुनेछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved