‘सत्यको मार्गमा अग्रसर हुन प्रेरणा मिलोस्’

नेपालभ्युज

‘सत्यको मार्गमा अग्रसर हुन प्रेरणा मिलोस्’

गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तिहारको उज्यालोले सत्य र न्यायको मार्गमा अग्रसर हुन सम्पूर्ण नेपालीमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

तिहारका अवसरमा आइतबार जारी गरेको शुभकामनना सन्देशमा  उनले भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको स्नेहलाई प्रगाढ बनाउन मद्दत पुगेको बताएका छन् ।

सन्देशमा उनले यस पर्वको अभिन्न अङ्गको रूपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व र सामाजिक सद्भाव अभिवृद्धि गर्न बल पुग्ने विश्वास व्यक्त गरेका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved