भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका

नेपालभ्युज

भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज (शुक्रबार) म्हः पूजा गर्ने र भोलि (शनिबार) भाइटीका लगाउने भएका छन् ।

भक्तपुर नगरपालिकाले आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजे द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेको हो ।

यससँगै नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका लगाउने भएका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते मनाउने निर्णय गर्दै नगरबासीलाई आह्वान गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved