महोत्तरीमा अनुहार जलेको अवस्थामा मृत भेटिइन् महिला

महोत्तरीमा अनुहार जलेको अवस्थामा मृत भेटिइन् महिला

जनकपुरधाम । महोत्तरीमा अनुहार जलेको अवस्थामा एक महिला मृत फेला परेकी छन् ।

पिपरा गाउपालिका-७ दनौली चौरीस्थित स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अनुहार जलेको अवस्थामा सोमबार बिहान महिला मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअनुसार करिब २५/२६ वर्षिया कालो लेगिज र हल्का पहेँलो रंगको कुर्ति लगाएकी महिला मृत भेटिएकी हुन् ।

सोमबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलको कमान्डमा टोली घटनास्थल पुगेको छ ।

मृतकको परिचय खुल्न नसकेको घटनास्थल सुरक्षित राखी मुचुल्कालगायत प्रहरी कारबाही गरिरहेको छ ।

घटनाको प्रकृति हेर्दा कसैले हत्या गरे जस्तो देखिएको एसपी पोखरेलले जानकारी दिए । पहिचान खुल्न नसकोस् भनेर अनुहार जलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved