साफ च्याम्पियनसिप : पहिलो हाफमा बंगलादेश ५-१ ले अगाडि (तस्वीरहरू)

साफ च्याम्पियनसिप : पहिलो हाफमा बंगलादेश ५-१ ले अगाडि (तस्वीरहरू)

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को पहिलो सेमिफाइनलमा अहिले भुटान र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगलादेशले भुटानमाथि ५–१ को अग्रता लिएको हो ।

बंगलादेशका लागि सबिना खातुन, तोहुरा खातुनले दुई/दुई तथा रितु पोर्ना चक्मा एक गोल गरिन् भने भुटानका लागि देकी ल्हजोमले एक गोल फर्काइन् ।

यस खेलको विजेताले फाइनलमा स्थान पक्का गर्दै दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सो खेलमा भारत र नेपाल बेलुकी साढे ६ बजे आमनेसामने हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved