पोखरामा सहकारी पीडितको पनि छुट्टै प्रदर्शन

नेपालभ्युज

पोखरामा सहकारी पीडितको पनि छुट्टै प्रदर्शन

काठमाडौं । पोखरामा सहकारी पीडितले पनि छुट्टै प्रदर्शन गरेका छन् । उनीहरुले मुस्ताङचोकमा प्रदर्शन गरेका हुन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा पहिले राष्ट्र बैंकचोकमा प्रदर्शन गर्ने भनिएको थियो । तर, जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि मुस्ताङचोकमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले सहकारी ठगीको छानबिन हुनुपर्ने, गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम तुरुन्त फिर्ता गर्नुपर्ने लगायतका माग गरेका छन् ।

आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका नेता कार्यकर्ताले पनि पोखराको सहिदचोकमा प्रदर्शन गरिरहेका छन् । दुई पक्षबीच झडप हुन सक्ने भन्दै प्रशासनले महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved