जलमग्न काठमाडौं, अस्तव्यस्त जनजीवन (तस्वीरहरू)

उपत्यकाका सडकहरूमा पनि पानी जमेको छ । यसपछि यात्रा गर्न कठिन छ । सवारी साधनहरू पार्किङ गरिएकै ठाउँमा डुबिरहेका छन् भने कति घरभित्र बाढी पसेको छ ।

जलमग्न काठमाडौं, अस्तव्यस्त जनजीवन (तस्वीरहरू)

काठमाडौं । दुई दिनयता भइरहेको लगातारको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

देशका विभिन्न स्थानहरूमा बाढी तथा पहिरोका कारण धेरैले ज्यान गुमाइसकेका छन् त कति बेपत्ता छन् । बेपत्ताहरूको खोजी कार्य भइरहेको छ तर, भेटिएका छैनन् । यसर्थ, उनीहरू बाँचेका छन् भन्ने आशा झिनो बन्दै गइरहेको छ ।

तराई तथा समथर भूभागमा डुबानको उत्तिकै समस्या र जोखिम छ भने खासगरी पहाड क्षेत्रतिर पहिरोको भय छ ।

यता काठमाडौं उपत्यका पनि जलमग्न छ । उपत्यका भएकै कारण पानी जम्दा यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

खासगरी नदी किनारा वरपर रहेका वस्तीहरू उच्च खोजिममा छन्, नदीहरूले सतर्कता तह पार गरेपछि स्थानीय तथा सङ्घीय सरकारले उच्च जोखिमको सूचना जारी गरेका छन् ।

उपत्यकाका सडकहरूमा पनि पानी जमेको छ । यसपछि यात्रा गर्न कठिन छ । सवारी साधनहरू पार्किङ गरिएकै ठाउँमा डुबिरहेका छन् भने कति घरभित्र बाढी पसेको छ ।

मानिसहरू घरभित्रै बसिरहेका छन् । त्यसो त सरकारले अति-आवश्यकीय कामबाहेक बाहिर ननिस्किनु भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved