जिप्रका धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

हिरासतबाट ९ जना थुनुवा फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । फरार भएकाहरूको रातिदेखि तिव्रताका साथ खोजतलास जारी रहेको र सम्भावित ठाउँमा सर्च अभियान चलाएको प्रहरीले जनाएको छ ।

जिप्रका धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।

आइतबार राति भेन्टिलेशन फुटाएर ८ जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ । हिरासतबाट ९ जना थुनुवा फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिप्रका धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।

फरार भएकाहरूको रातिदेखि तिव्रताका साथ खोजतलास जारी रहेको र सम्भावित ठाउँमा सर्च अभियान चलाएको प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved