भक्तपुर । पछिल्लो समय विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
साइबर व्युरो र भक्तपुर प्रहरीको संयुक्त टोलीले प्रसाईंलाई अपरान्ह निवासबाटै पक्राउ गरेको हो ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित प्रसाईंको निवासमै ३ भ्यानसहित प्रहरी पुगेको थियो । गेट नखुलेपछि नाघेरै प्रहरी छिरेर पक्राउ गरेको हो ।
प्रहरी घरमा पक्राउ गर्न आएपछि प्रसाईंले केही समर्थकलाई नाराबाजीको लागि आउन आग्रह गरेका थिए । तर, उनीहरु नआइपुग्दै प्रहरीले पक्राउ गरेर लगेको हो । पक्राउको क्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षक समेत नियन्त्रणमा छन् ।
रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।


पुर्जी जारीपछि घरबाट ननिस्किएका प्रसाईंलाई पक्राउ गर्न प्रहरी निवासमै पुग्यो (फोटोहरू)
रास्वपा नेतृको उजुरीका आधारमा पक्राउ पर्दै दुर्गा प्रसाईं, के हो कसूर ?
Facebook Comment
Comment