ललितपुर र काठमाडौंमा दुई जना मृत फेला

नेपालभ्युज

ललितपुर र काठमाडौंमा दुई जना मृत फेला
सांकेतिक तस्वीर।

काठमाडौं । ललितपुर र काठमाडौंमा दुई जना मृत फेला परेका छन् ।

काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका छन् । प्रहरीकाअनुसार बिहीबार श्रेष्ठ पन्चेटारको कुलोमा मृत भेटिएका हुन् ।

यस्तै, ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा पनि एक व्यक्ति मृत फेला परेका छन् । सोही स्थानमा बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved