संविधानमा सङ्घीयता, लोकतन्त्रसहितको गणतन्त्र ठूलो उपलब्धि : मुख्यमन्त्री सिंह

नेपालभ्युज

संविधानमा सङ्घीयता, लोकतन्त्रसहितको गणतन्त्र ठूलो उपलब्धि : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान जारी भएपश्चात् भएका उपलब्धिहरूलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

प्रदेश सरकारले पहिलो पटक औपचारिक रुपमा जनकपुरधाममा मनाएको संविधान दिवस २०८१ कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानका उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि काम गर्न आवश्यक भएको बताएका हुन् ।

उनले संविधानमा सङ्घीयता, लोकतन्त्र सहितको गणतन्त्र ठूलो उपलब्धिको रुपमा आएको बताए ।

सिंहले विरोध र समर्थनका बिचमा जारी भएको संविधानमा यदि केही त्रुटि छ भने त्यसलाई संशोधन गरी अघि बढ्नुपर्ने बताए ।

संविधानमा आवश्यकता ठानेर नै देशमा दुई ठूला दल एक ठाउँमा आएको बताउँदै उनले संविधानबाट प्राप्त उपलब्धिलाई संस्थागत गरी त्रुटिका विषय वस्तुलाई पहिचान गरेर संशोधन गरी अघि बढ्न सकिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved