गण्डकीमा भाग पुर्‍याउन फुटाइयो मन्त्रालय

सरकारमा सामेल हुँदै एमाले

नेपालभ्युज

गण्डकीमा भाग पुर्‍याउन फुटाइयो मन्त्रालय

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाइएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या ७ बाट ९ पुर्‍याउने निर्णय गरेको हो । वन तथा वातावरण, उद्योग, पर्यटन र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाइएको हो ।

प्रदेशमा नेपाली कांग्रेसले ५ र नेकपा (एमाले)ले ४ मन्त्रालय लिने सहमति भइसकेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमाले केही दिनमा सरकारमा आउने बताएका छन् ।

दुई ठूला दलहरू कांग्रेस-एमाले मिलेर सरकार बनाएपछि मन्त्रालय अपुग भयो, यसपछि मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएरै भए पनि भाग पुर्‍याएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved