तीन दिनदेखि बेपत्ता पर्वतकी वृद्धा मृत फेला

नेपालभ्युज

पर्वत । विगत तीन दिनदेखि आफ्नै घरबाट बेपत्ता भएकी पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीकी एक महिला  मृत अवस्थामा भेटिएकी छिन् ।

स्थानीय ८० वर्षीया वसुन्धरा बगालेलाई मृत अवस्थामा सोमबार दिउँसो २ः१५ बजे प्रहरीले फेला पारेको हो । गत शनिबार साँझ ६ः३० बजेदेखि बेपत्ता भएको भनी प्राप्त भएको सूचनाका आधारमा खोजतलास गर्न पुगेको प्रहरी टोलीले उनलाई घरभन्दा करिब तीन किमी उत्तरतर्फको एकोहोरे जंगलको भिरमुनि मृत अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिए।

मोटरबाटोको डिलबाट लडेर तीन/चार सय मिटर तल पुगेका कारण मृत्यु भएको जस्तो देखिने प्रहरी निरीक्षक बरामले जानकारी दिए । उनका अनुसार मृतक वृद्धाले लगाएको गरगहना र लुगाफाटो जस्ताकोतस्तै रहेकाले लडेकै कारणले मृत्यु भएको जस्तो देखिएको छ ।   वृद्धाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved