पुरुषहरूका लागि स्किन केयर, यी हुन् ट्यानिङ हटाउन प्रभावकारी घरेलु उपाय

नेपालभ्युज

पुरुषहरूका लागि स्किन केयर, यी हुन् ट्यानिङ हटाउन प्रभावकारी घरेलु उपाय

काठमाडौं । जब छाला घामको सम्पर्कमा पुग्छ, यसको जलनको कारण रङ्ग गाढा हुन थाल्छ । जसलाई ट्यानिङ भनिन्छ । ट्यानिङको कारण छालामा फोहोर जमेको जस्तो देखिन्छ । महिलाहरूले अनुहारमा सनस्क्रिन लगाउँछन् वा स्किन केयर गर्छन्, जसले ट्यानिङलाई केही हदसम्म कम गर्छ ।

तर, महिलाहरूको तुलनामा पुरुषहरूले स्किन केयर खासै गर्दैनन् । त्यसैले उनीहरूमा ट्यानिङ समस्या अलि बढी हुन्छ । यो समस्यालाई केही घरेलु उपायहरू अपनाएर कम गर्न सकिन्छ । घरमा उपलब्ध केही चीजहरूले ट्यानिङलाई केही हलसम्म कम गर्न सक्छ ।

दहीको प्रयोग : अनुहारमा दही लगाउँदा छालालाई ल्याक्टिक एसिड र एक्सफोलिएटिङ गुणहरू प्राप्त हुन्छन्, जसले छालालाई निखार्न मद्दत गर्छ । यसले ट्यानिङलाई कम गर्न मद्दत गर्छ । दहीमा टमाटरको रस मिसाएर पनि लगाउन सकिन्छ । टमाटरको रस र दही अनुहारमा २० देखि २५ मिनेट लगाएर राखेपछि सफा पानीले धुनुहोस् ।

बेसन र बेसार : एउटा भाडामा बेसन र थोरै बेसार मिसाउनुहोस् । यसमा पानी वा दूध हालेर पेस्ट बनाउनुहोस्, र अनुहारमा लगाउनुहोस् । यस ब्राइटनिङ फेस मास्कले छालालाई निखार्छ र चम्किलो देखिन्छ । ट्यानिङ कम गर्न यस फेस मास्कको राम्रो प्रभाव देखिन्छ ।

आलुको रस : आलुको रसलाई निकालेर यस रसलाई अनुहारमा कपासको मद्दतले लगाउनुहोस् र १० देखि १२ मिनेटपछि धोएर हटाउनुहोस् । आलुले ट्यानिङलाई मात्र कम गर्दैन, अनुहारका दाग–धब्बाहरूलाई पनि हल्का बनाउँछ ।

दूधको तर : दूधमा लागेको तरलाई अनुहारमा लगाउनुहोस् । केही समय हल्का हातले रगड्नुहोस्, यसो गर्दा डेड स्किन सेल्स छुटेको देख्न सकिन्छ । यस तरले छालालाई मुलायम र चम्किलो बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved