नेताहरूको फोटो राखेर अनुष्ठान गर्ने पुष्कर खतिवडा धरौटीमा रिहा

नेपालभ्युज

नेताहरूको फोटो राखेर अनुष्ठान गर्ने पुष्कर खतिवडा धरौटीमा रिहा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गर्ने पुष्कर खतिवडा धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटीमा खतिवडालाई रिहा गर्न आदेश दिएको हो । खतिवडाविरुद्ध साइबर अपराधको कसुर गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।

उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले साउन १४ गते पक्राउ गरेको थियो । अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved