बुटवल – पाल्पा सडकमा राति सवारी साधन चलाउन रोक, एम्बुलेन्सका लागि अनुमति लिनु पर्ने

नेपालभ्युज

बुटवल – पाल्पा सडकमा राति सवारी साधन चलाउन रोक, एम्बुलेन्सका लागि अनुमति लिनु पर्ने
फाइल तस्वीर

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि अनिश्चितकालसम्म राति सवारी साधन चलाउन रोक लगाइएको छ । स्थानीय प्रशासनले

पाल्पाको तिनाउ गाउँपालिकाको हिउँदे खोलामा सडक भासिएको भन्दै सम्भावित क्षतिबाट जोगाउन अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाएको हो ।

साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।

एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा मात्रै सवारी साधन संचालनमा छ । डाइभर्सनका लागि सडक बनाउने काम भइरहेको छ ।

सडक अत्यन्तै जोखिमपूर्ण रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved