एजेन्सी । बच्चाले स्कूल, समाजसँग कस्तो व्यवहार गर्छ, यसले धेरै हदसम्म तपाईंले कसरी हुर्काउनुभएको छ भनेर पोल खोल्छ ।
बच्चाले बदमासी त गर्छन् नै तर यदी तपाईंको बच्चा अनुशासनहिन छ भने यस्तो कुरा सबैले पहिला ध्यान दिन्छन् । बेवास्ता गर्ने वा अत्यधिक माया गर्ने नाममा तपाईंले आफ्नो बच्चालाई बिगारिरहेको पनि हुन सक्छ ।
एकदमै साना साना कुराहरु छन्, जसको बारेमा बच्चालाई सानो उमेरमै सिकाउनु पर्दछ । त्यस्तै केही महत्वपूर्ण चीजहरुका बारेमा जानौं ।
अरुको साथ दिनु
साना बच्चालाई यतिसम्म बनाउनुहोस् कि उसले वरपरका मानिसलाई सहयोग गर्न सकोस् । कसैको सहयोग गर्नुपर्दा पछाडि नहट्ने खालको बनाउनुहोस् । किनकी यस्तो सीप पछि गएर जीवनमा एकदमै काम लाग्छ र जसले गर्दा उनीहरु टीममा काम गर्न सक्नेछन् ।
शेयरिंग इज केयरिंग
साना बच्चालाई आफ्ना सामानहरु एकअर्कासँग बाँडेर खेल्न वा चलाउन सिकाउनुहोस् । यसले उनीहरुलाई सबैसँग मिलेर बस्न सिकाउँछ । जसले गर्दा उनीहरु साथीभाईसँग घुलमिल पनि हुन्छन् । उनीहरुलाई भेदभावको भावना कहिल्यै नसिकाउनुहोस् ।
सबैलाई अभिवादन गर्न
कसैसँग पनि भेटेपछि अभिवादन गर्नु एकदमै राम्रो व्यवहार मानिन्छ । बच्चाले जब अरुलाई अभिवादन गर्न सिक्छन् यसले उनीहरुको व्यक्तित्वमा पनि राम्रो परिवर्तन ल्याउँछ । ठूलादेखि साना सबैले उनीहरुले धेरै प्रेम गर्छन् ।
ठूलालाई सम्मान गर्न सिकाउनुहोस्
बच्चालाई बाहिर मात्र नभएर घरका ठूलाबडाहरुलाई पनि सम्मान गर्न सिकाउनुहोस् । ठूला व्यक्तिसँग भेटघाट गर्दा राम्रो व्यवहार गर्ने र उनीहरुको कुरा सुन्ने गर्न सिकाउनुहोस् ।
आत्मनिर्भर बनाउने
स्वतन्त्रताको महत्व बुझाउन एकदमै जरुरी हुन्छ । कुनै पनि कुरामा बच्चा सानैदेखि आत्मनिर्भर बन्न एकदमै जरुरी हुन्छ ।
यदी ऊ सक्षम छ भने आफै खाना खान दिनुहोस् । कैयौ आमाबुवाहरु धेरै मायाप्रेम गर्ने बहानामा बच्चालाई ठूलो हुँदासम्म पनि खाना खुवाइदिने देखि हरेक काम गरिदिन्छन् यसले उनीहरुलाई फाइदा भन्दा धेरै नोक्सान नै गर्दछ ।
यसले उनीहरुमा आत्मविश्वासको भावना विकास हुँदैन । जो उनीहरुका लागि भविश्यमा गएर समस्या ल्याउन सक्छ ।
Facebook Comment
Comment