जनकपुर घुम्न गएका बर्दिबासका ३ बालिका सम्पर्कविहीन

जनकपुर घुम्न गएका बर्दिबासका ३ बालिका सम्पर्कविहीन

जनकपुरधाम । महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न आएका तीन जना बालिका तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

बर्दिबास नगरपालिका-१ का १० देखि १३ वर्ष उमेर समूहका तीन बालिका गएको मंगलबारदेखि सम्पर्कविहीन भएका हुन् ।

इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले बालिकाहरू सम्पर्कविहीन भएको घटनाको पुष्टि गरे ।

सम्पर्कविहीन हुनेमा एउटा १० वर्ष र बाँकी २ जना १३/१३ वर्षका बालिका रहेका छन् । उनीहरू बर्दिबासको देउराली मावि र ग्लोबल एकेडेमीमा पढ्थे ।

बर्दिबास-१ का वडाध्यक्ष भोला खड्काले हराएका बालिकाको विषयमा थप बुझ्ने काम आफूले पनि गरिरहेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved