दाङमा दुई महिलाको हत्या, सधैँ अटोमा ओसार्ने चालक नै हत्यारा

नेपालभ्युज

दाङमा दुई महिलाको हत्या, सधैँ अटोमा ओसार्ने चालक नै हत्यारा
साङ्केतिक तस्वीर ।

काठमाडौं । दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका– १० नारायणपुरकी ५० वर्षीया जुपली बुढा र ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहार गरी हत्या भएको हो ।

अटो चालक टेकबहादुर घर्तीले बञ्चरो प्रहार गरी दुवै महिलाको हत्या गरेकोे दाङ प्रहरीले बताएको छ ।

घोराही– १७ का घर्तीले विगत २ वर्षदेखि मृतक जुपलीलाई अटोमा घरबाट लैजाने र ल्याउने गर्दै आएको प्रहरीले जनाएको छ । संगीता भने जुपलीको घरमा श्रीमानसहित भाडामा बस्दै आएकी थिइन् ।

टेकबहादुरले जुपलीको भान्सा कोठामा पुगेर दुईको हत्या गरेका हुन् । प्रहरीले टेकबहादुरलाई नियन्त्रणमा लिइसकेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved