रामेछापमा लागेको डढेलो अझै नियन्त्रणमा आएन, एक युवतीको जलेर मृत्यु

नेपालभ्युज

रामेछापमा लागेको डढेलो अझै नियन्त्रणमा आएन, एक युवतीको जलेर मृत्यु
फाइल तस्वीर

काठमाडौं । डढेलोका कारण घरमा आगलागी हुँदा रामेछापमा एक युवतीको मृत्यु भएको छ । जंगलमा लागेको डढेलो मानव बस्तिमा पुगेर घरमा आगलागी हुँदा गएराति ३४ वर्षिया रमिता तामाङको मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा लागेको डडेलोले छेवैमा रहेको घर सल्किदा रामेछाप नगरपालिका वडा नं ८ चौकिटारकी ३२ बर्षकी तामाङ्गको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

डढेलोले उनको दुईवटा घर तथा गोठ जलेर नष्ट हुनुका साथै ४८ वटा बाख्रा मरेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ ।

रामेछापका अधिकांश जंगलमा अहिले डढेलो लागिरहेको छ । रामेछापमा डढेलोकै कारण यसअघि दुई जनाको मृत्यु भइसकेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved