लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाई छ ।

मंगलबार काठमाडौंमा आयोजित लगानी बोर्डको बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई आकर्षित गरेर मात्रै देश विकासका लागि वाह्य लगानी भित्रिने सम्भावना रहेकाले पनि सरकारले निजी क्षेत्रलाई विश्वासका लिनका लागि अध्यादेशमार्फत् भएपनि आवश्यक ऐनको व्यवस्था गर्न लागेको बताएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार दाहालले बैठकमा नेपालमा लगानीको क्षेत्रमा देखिएको बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्ने बताएका थिए ।

त्यस अवसरमा उनले निजी क्षेत्रको समस्या भने सरकारले समाधान गरिदिने बताए ।

निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै देश विकासका सम्भावनाहरु अझै उजागर हुँदै प्रधानमन्त्री दाहालको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved