एमालेले गतिलो भाई कांग्रेस बन्ने उद्देश्य राखेको छः अध्यक्ष वैद्य

नेपालभ्युज

एमालेले गतिलो भाई कांग्रेस बन्ने उद्देश्य राखेको छः अध्यक्ष वैद्य

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा(एमाले)ले आफूलाई भाई कांग्रेस बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक जयन्ती मनाएको टिप्पणी गरेका छन् ।

सोमवार १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले एमाले गतिलो भाई कांग्रेस बन्नका लागि हिरक जयन्ती मनाएको टिप्पणी गरेका हुन् । उनले एमालेले हिरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजिवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको बताए ।

उनले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको बताए । उनले कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै सत्तामा भएका कम्युनिस्ट पार्टीहरु दक्षिणपन्थी अवसरवादी धारमा रहेको बताए । उनले सत्तामा रहेका कम्युनिस्ट पार्टी र कांग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नभएको बताए। उनले सत्ताधारी कम्युनिस्टहरुले नेपालको वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि मात्रै कम्युनिस्ट नाम राखेका बताए । अध्यक्ष वैद्यले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भन्दै एकीकृत गर्दै लगिने बताए।

‘कम्युनिस्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार हो । उनीहरुले आफूलाई कम्युनिस्टको नाममा राखेर, कम्युनिस्टको झण्डा चोरेर, माक्र्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेका छन्’, उनले भने, ‘आज सत्तामा कम्युनिस्टहरु छैनन् । तर प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिस्टहरु छ, सरकारमा कम्युनिस्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाई के हो भने ति कम्युनिस्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो ।’

उनले आफूहरु दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै अघि बढ्ने बताए । उनले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध बनाए क्रान्ति गर्न सकिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved