आचरणमा प्रश्न उठेपछि २ महिनामै हेडक्वाटर तानिए सिन्धुलीका एसपी विनोद शर्मा

नेपालभ्युज

आचरणमा प्रश्न उठेपछि २ महिनामै हेडक्वाटर तानिए सिन्धुलीका एसपी विनोद शर्मा

काठमाडौं । व्यावसायिक आचरणमा प्रश्न उठेपछि जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्मा हेडक्वाटर तानिएका छन् ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवरले एसपी शर्मालाई हेडक्वाटर फिर्ता बोलाएका हुन् ।

सोमबार प्रहरी प्रधान कार्यालयले शर्मालाई सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको हो ।

उनको व्यावसायिक आचरणमा प्रश्न उठेपछि गृह मन्त्रालयकै निर्देशनमा उनलाई हटाइएको स्रोतले बताएको छ ।

उनको २०८० फागुन १ गते सिन्धुलीमा सरुवा भएको थियो । तर, उनी ६ गते मात्र कार्यालयमा हाजिर भएका थिए ।

उग्र स्वभाव भएका एसपी शर्मा पटक पटक विवादमा आइरहेका पात्र हुन् । उनको ठाउँमा कसैलाई पनि जिम्मेवारी दिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved