बुद्धचित्तको बोट छेदन प्रकरण : मिसन सफल भन्दै पार्टी मनाइरहँदा पक्राउ, डाँका मुद्दा चलाउने तयारी

जनमुक्ति सेनाका पूर्वकमाण्डर प्रभातलाई छाड्न प्रहरीलाई माथिको दबाब

प्रभातलाई काठमाडौंस्थित वनस्थली बर्गर हाउसमा नयाँ वर्ष मनाइरहेका बेला पक्राउ गरिएको हो । बुद्धचित्तको बोट सफलतापूर्वक काट्न सफल भएको र भाग्न सफल भएको भन्दै उनी पार्टी मनाइरहेका थिए । त्यही समयमा सादा पोशाकमा रहेका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नेपालभ्युज

बुद्धचित्तको बोट छेदन प्रकरण : मिसन सफल भन्दै पार्टी मनाइरहँदा पक्राउ, डाँका मुद्दा चलाउने तयारी

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका– ५ नागबेलीमा रहेको ठकुरानी तामाङको करोडौँ रुपैयाँ पर्ने बुद्धचित्तको रुख काटेको आरोपमा पक्राउ परेकालाई डाँका मुद्दा चलाउने तयारी गरेको छ ।

जनमुक्ति सेनाका पूर्वकमाण्डरसहित ४ जना पक्राउ परेकामाथि प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको डाँका मुद्दा चलाउने तयारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा जनमुक्ति सेनाका पूर्वकमाण्डर प्रभात तामाङ, जनमुक्ति सेनाका कार्यकर्ता धिरज भनिने श्यामकृष्ण मैनाली, सिजन भनिने मानबहादुर तामाङ र दुर्गालाल तामाङ छन् ।

प्रभातलाई काठमाडौंस्थित वनस्थली बर्गर हाउसमा नयाँ वर्ष मनाइरहेका बेला पक्राउ गरिएको हो । बुद्धचित्तको बोट सफलतापूर्वक काट्न सफल भएको र भाग्न सफल भएको भन्दै उनी पार्टी मनाइरहेका थिए । त्यही समयमा सादा पोशाकमा रहेका प्रहरीले उनलाई पक्राउ गरेको हो । मानबहादुर भने घटना भएकै दिन पक्राउ परेका थिए । उनले सकेट बम आफूले राखेको बताएका छन् ।

बुद्धचित्तमाथि अपराधीको आँखा : ‘मैले दाना पाइनँ भने कसैको हुँदैन’ भन्दै आएको थियो धम्की

मैनाली र दुर्गालाललाई बनेपाबाट पक्राउ गरिएको हो । उनीहरु सबैलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माओवादी द्न्द्को समयको जनमुक्ति सेनाका पूर्वकमाण्डर प्रभातलाई छाड्न माथिल्ला तहबाट अत्यन्तै दबाब आइरहेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका र नपरेका गरी आठ जनाविरुद्ध माला धनी र व्यापारीले संयुक्त रूपमा किटानी जाहेरी दिएका छन् । बुद्धचित्त मालाको बोट १५\२० जनाको अज्ञात समूहले गत २९ गते मध्ये राति काटिदिएका थिए ।

उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुन सक्ने प्रहरीको अनुमान छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्त्व छ ।

काभ्रेमा अज्ञात समूहले काट्यो बुद्धचित्तको रूख, ३ करोडमा भइसकेको थियो बिक्री


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved