काभ्रेमा अज्ञात समूहले काट्यो बुद्धचित्तको रूख, ३ करोडमा भइसकेको थियो बिक्री

नेपालभ्युज

काभ्रेमा अज्ञात समूहले काट्यो बुद्धचित्तको रूख, ३ करोडमा भइसकेको थियो बिक्री

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका अज्ञात समूहले बुद्धचित्तको रूख काटेको छ।

बिहीबार राति रोशी-५ नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्ध चित्तको बोट काटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

फूल फुल्दै गरेको बुद्धचित्तको रूख काटिएको हो । गए राति १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बुद्धचित्तको रूख काटेको पाइएको डीएसपी श्रेष्ठले बताए ।

साथै, आँगनमा चार वटा घरेलु सकेट बम राखिएको फेला परेको छ । घरनजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट पनि फेला परेको प्रहरीले जनाएको छ ।

उक्त रूख केही महिनाअघि नै बिक्रीसमेत भइसकेको खुलेको छ । समिर त्रिपाठी भन्ने व्यक्तिलाई सो रूख ३ करोड रूपैयाँ ठेक्कामा लगाइएको पाइएको प्रहरीले जनाएको छ ।

घटनामा अहिलेसम्म कोही पनि पक्राउ नपरेको बताउँदै डीएसपी श्रेष्ठले अनुसन्धान भइरहेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved