चैतमा घट्यो घरजग्गा कारोबार, राजस्व संकलन करिब ४ अर्ब 

नेपालभ्युज

चैतमा घट्यो घरजग्गा कारोबार, राजस्व संकलन करिब ४ अर्ब 

काठमाडौं । चैत महिनामा घरजग्गाको कारोबार घटेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन महिनाको तुलनामा चैतमा घर जग्गाको कारोबार घटेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत्र महिनामा ५० हजार २३५ वटा लिखित पारित भएका छन् । जुन अघिल्लो महिनामा भने ५० हजार ९९८ वटा संख्यामा रहेको थियो ।

चैत्रमा ५ हजार ८८६ वटा नामसारी भएको छ । अघिल्लो महिनाको तुलनामा चैत्रमा भने नामसारी गर्नेको संख्या बढेको छ । फागुन महिनामा ५ हजार ६९९ वटा नामसारी भएको विभागको तथ्यांकले देखाएको छ ।

फागुनमा लिखित पारित ३९ हजार दुई सय ६३ र नामसारी तीन हजार एक सय ५९ वटा जग्गाको भएको थियो ।

यस्तै, चैत्रमा ३९ हजार ८ सय २२ वटा जग्गा रोक्का र २९ हजार २ सय ४७ वटा जग्गा फुकुवा भएको छ । चैत्र महिनामा भएको घरजग्गा किनबेचबाट सरकारले करिब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

चैत्रमा ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो महिना अर्थात् फागुनमा घर जग्गाबाट सरकारलाई ३ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved