नयाँ वर्षको स्वागतमा ठाउँठाउँमा मेला र सांस्कृतिक कार्यक्रम

पर्यटन राजधानी पोखरामा १९ औँ फेवा नवमहोत्सव चलिरहेको छ । ‘पर्यटन संस्कृति र खाना’ नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले होटल सङ्घ पोखरा च्याप्टरले महोत्सव आयोजना गरेको हो ।

नेपालभ्युज

नयाँ वर्षको स्वागतमा ठाउँठाउँमा मेला र सांस्कृतिक कार्यक्रम

काठमाडौं । आज शुरु विक्रम संवत् २०८१ को नयाँ वर्षको अवसरमा विभिन्न ठाउँमा महोत्सव र सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

पर्यटन राजधानी पोखरामा १९ औँ फेवा नवमहोत्सव चलिरहेको छ । ‘पर्यटन संस्कृति र खाना’ नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले होटल सङ्घ पोखरा च्याप्टरले महोत्सव आयोजना गरेको हो ।

इलामका पनि सूर्योदय महोत्सव चलिरहेको छ । पर्यटकलाई आकर्षित गर्न सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम गरिएको हो । सूर्योदय नगरपालिकाले कार्यक्रम गरेको हो ।
अर्को पर्यटकीय गन्तव्य चितवनको सौराहामा नयाँ वर्षमा पर्यटकलाई आकर्षित गर्न विभिन्न सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम हुँदैछ ।

रेबान र हानको समन्वयमा सौराहामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै कार्यक्रम गर्न लागिएको हो । १ सय ५० वटाभन्दा बढी होटल रहेको सौराहामा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

काठमाडौ, ललितपुर, भक्तपुर, लुम्बिनी लगायतका अरु पर्यटकीय ठाउँमा पनि नयाँ वर्ष लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । नयाँ वर्षकै अवसर पारेर काठमाण्डौको ठमेल र दरबारमार्ग क्षेत्र भोलिदेखि चौबीसै घण्टा खुलाउने तयारी छ । ठमेलको भगवानबहाल क्षेत्रबाहेक अरु क्षेत्र आजदेखि चौबीसै घण्टा खुल्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved