नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरी पार्टीबाट निलम्बित

नेपालभ्युज

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरी पार्टीबाट निलम्बित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।

यसअघि अध्यक्ष श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्यामलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् ।

तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन् । घनश्याम रेशम चौधरी पक्षका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved