सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत, एडीबी भन्छ : ‘यो वर्ष व्यापक सुधार आउने छ’

नेपालभ्युज

सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत, एडीबी भन्छ : ‘यो वर्ष व्यापक सुधार आउने छ’

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने बताएको हो ।

यो वर्ष नेपालले दक्षिण एसियामा भारत, बङ्गलादेश, मालदिभ्स र भुटानपछिको सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्ने  ADB को दाबी छ ।

एडीबीका अनुसार गत वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा यो वर्ष व्यापक सुधार आउने छ । गत वर्ष जम्मा १.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण रहेकामा यो वर्ष ३.६ प्रतिशत हुने एडीबीको भनाइ छ ।

यस्तै आगामी वर्ष सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर सन् २०२४ को तुलनामा १.२ प्रतिशतले वृद्धि भई ४.८ प्रतिशतको हाराहारीमा पुग्ने बैंकको प्रक्षेपण छ ।

दक्षिण एसियामा भारत बलियो

दक्षिण एसियाली मुलुकमा भारतको अर्थतन्त्र सबैभन्दा धेरै ७ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण छ । यो दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी हो ।

बंगलादेशको ६.१, माल्दिभ्को ५.४ र भुटानको ४.१ प्रतिशतले आर्थिक वृद्धि हुने उसको भनाइ छ । यस्तै पाकिस्तान र श्रीलंकामा भने समान १.९ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण एडीबीको छ ।

एडीबीले अफगानिस्तानको आर्थिक अवस्थामा कुनै प्रक्षेपण गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved