धनगढीबाट बझाङ उड्न लागेको समिटको जहाज ग्राउन्डेड

नेपालभ्युज

धनगढीबाट बझाङ उड्न लागेको समिटको जहाज ग्राउन्डेड

काठमाडौं । धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज ग्राउन्डेड गरिएको छ ।

सोमबार जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएको देखिएपछि इन्जिन बन्द गरेर जहाजलाई ग्राउन्डेड गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलमा अग्नी नियन्त्रकको टोलीले जहाजको निरीक्षण समेत गरेको छ ।

प्राविधिक टोलीले परीक्षण गरेपछि मात्र उडान सेवा सुरु गरिने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved