कांग्रेसको मागका विषयमा सभामुख गम्भीर, प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्दै

नेपालभ्युज

कांग्रेसको मागका विषयमा सभामुख गम्भीर, प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख चार दलका शीर्ष नेतासँग छलफल गर्दैछन् । कांग्रेसको मागका विषयमा छलफल गर्न सभामुख घिमिरेले शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएपछि सभामुखले संवादको पहल थालेका हुन् ।

छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

विहान साढे १० बजे बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तता देखाउदै दिउँसो २ बजेलाई सरेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक चैत २७ गते मंगलबार बोलाइएको छ । सत्तारुढ दलले भने कांग्रेसको माग अनुसार समिति गठन नहुने बताउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved