इजरायली हमलाका कारण गाजामा राहत र सहायता रोकियो, भोकमरी बढ्दै

नेपालभ्युज

इजरायली हमलाका कारण गाजामा राहत र सहायता रोकियो, भोकमरी बढ्दै

काठमाडौं । इजरायली हवाई हमलामा राहत सहयोगी संस्थाका कर्मचारी मारिएपछि गाजामा भोकमरीको सामना गरिरहेका प्यालेस्टिनी नागरिक थप समस्यामा पर्न थालेका छन् ।

यसअघि विभिन्न संघसंस्थाबाट खाद्यान्नसहितका राहत सामाग्री पाइरहेका उनीहरुलाई सहयोग रोकिएपछि भोकमरीको समस्या थप विकराल बन्ने भएको छ ।

इजरायली(Israeli) आक्रमणका कारण वल्र्ड सेन्ट्रल किचेनका ७ सहायता कर्मचारी मारिएपछि अन्य सहयोगी संस्थाले पनि सुरक्षाको कारण देखाउदै सहयोग रोकेका छन् ।

सहयोगी संस्थाले सहायता रोकेपछि प्यालेस्टिनीहरूले आफ्नो परिवारलाई कसरी खुवाउने भन्नेमा चिन्ता जनाएका छन् ।

अमेरिकी परोपकारी संस्था, एनेराले पनि कर्मचारीको सुरक्षा देखाउदै सहयोगको काम स्थगित गरेको बीबीसीले जनाएको छ । यो संस्थाले प्यालेस्टिनी(Palestine) क्षेत्रमा हप्तामा २० लाख सर्वसाधारणलाई खाना खुवाउने काम गरिरहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved