काठमाडौंको अनामनगरबाट मध्यरात गायक राजेश पायल राईसहित ८ जना पक्राउ

नेपालभ्युज

काठमाडौंको अनामनगरबाट मध्यरात गायक राजेश पायल राईसहित ८ जना पक्राउ

काठमाडौं । गायक राजेशपायल राईसहित ८ जना पक्राउ परेका छन् । गएराति २ बजेतिर काठमाडौंको अनामनगरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै  धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामा तीनजना कलाकार हुन् भने अन्य पाँचजना भने अन्य क्षेत्रका हुन् ।

उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गायक राईलाई आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved