सहकारी प्रकरणमा रास्वपा नेताहरूको नाम जोडिएपछि गृहमन्त्री भन्छन् : आत्तिहाल्नु पर्दैन

नेपालभ्युज

सहकारी प्रकरणमा रास्वपा नेताहरूको नाम जोडिएपछि गृहमन्त्री भन्छन् : आत्तिहाल्नु पर्दैन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सञ्चारमाध्ययमा पार्टी सपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुसिएको बारेमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको उनले जिकिर गरे ।

‘डीपी अर्याल र कविन्द्र बुर्लाकोटी सञ्चालक समिति सदस्य रहेको सहकारीले बचतकर्ताको ४ करोड फिर्ता गरेन’

लामिछानेले समाचारमा आउने सबै सत्य नहुने भन्दै सत्य के हो त्यसको खोजि गरेर समाचार प्रकाशन एवं प्रशारण गर्न आग्रह गरे ।

एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने उनको भनाई छ ।

साथै, उनले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved