केजरीवाललाई तिहाड जेल पठाइयो, पढ्नलाई मागे तीन पुस्तक

नेपालभ्युज

केजरीवाललाई तिहाड जेल पठाइयो, पढ्नलाई मागे तीन पुस्तक

काठमाडौं । मदिरा नीति घोटाला(Delhi Liquor Policy Case)मा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल(Arvind Kejriwal)लाई तिहाड जेलमा पठाइएको छ ।

सोमबार राउज एभिन्यू कोर्टले उनलाई १५ दिन अर्थात् अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

सोही आदेशअनुसार केजरीवाललाई तिहाड जेल पठाइएको हो । उनी त्यहाँ जेल नम्बर २ मा एक्लै बस्नेछन् ।

केजरीवालले जेलमा रहँदा अध्ययनका लागि तीन पुस्तक मागेका छन् । उनले गीता, रामायण र नीरजा चौधरीको पुस्तक हाउ प्राइम मिनिस्टर्स डिसाइड पढ्न चाहेको केजरीवालका वकिल रमेश गुप्ताले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved