वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग धरौटी रकम फिर्ता गर्ने भन्दै १५ हजार घुससहित पक्राउ परेका निरौलाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोपपत्रमा निरौलालाई कैद गरी बिगो भराउन आयोगले माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved