चीन भ्रमण सफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

नेपालभ्युज

चीन भ्रमण सफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । सात दिने भ्रमण पूरा गरी सोमबार बिहान मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन् ।

उनले चीन भ्रमण सफल भएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भ्रमणका क्रममा आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको जानकारी दिए ।

साथै, नेपालबाट फलफूल निर्यात गर्न सहजीकरण गर्न तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक छलफल भएको उनले जानकारी दिए ।

कृषि क्षेत्रको उत्पादन पुँजी र प्रविधि बढाउन र भ्रमण वर्ष २०२५ सफलतामा पुर्‍याउन चिनियाँ पर्यटक बढाउन चीनले सहयोग गर्ने श्रेष्ठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved